चुनावी अभियानका विषयमा जानकारी दिन प्रेस चौतारी ताप्लेजुङले आज ताप्लेजुङमा गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले नेपालमा बाम एकता भएपछि कांग्रेसले आत्तिएर गलत प्रचार गरिरहेको बताएका हुन् ।
उनले देशलाई विकासको गतिमा लैजान बाम एकता गरे पनि त्यसलाई गलत अर्थ लगाउँदै कांग्रेस लगायतका केही शक्तिले नेपालमा दक्षिणपन्थी अधिनायकवादलाई पुनः भित्र्याउन खोजेको आरोप लगाए ।





प्रतिक्रिया दिनुहोस्