९ असार २०८२, सोमबार | Mon Jun 23 2025


लमजुङमा निर्वाचन सामाग्री नआउँदा मतदाता शिक्षा कार्यक्रम प्रभावित


0
Shares

यसअघि निर्वाचन कार्यालयले कात्तिक १५ गतेसम्म मतदाता शिक्षाको अभिमुखीकरण कार्यक्रम सक्ने र १६ गतेबाट गाउँ–गाउँमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने योजना बनाइएको थियो । तर, निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षासम्बन्धी सामग्री नआएपछि अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको हो ।

जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले आयोगबाट मतदाता शिक्षा सामाग्री नआउँदा मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको बताए ।

निर्वाचन अधिकारी तिमिल्सिनाले मतदाता शिक्षाका लागि १६५ जना मतदाता शिक्षा कार्यकर्ता छनोट गरिसकिएको जानकारी दिए । लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेका छन् ।

लमजुङमा १ लाख १५ हजार ४४९ मतदाता छन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सन्चालनमा ढिलाई गरे पनि राजनीतिक दलहरु भने आफ्ना उम्मेद्वार लिएर घरदैलोमा मत माग्न ब्यस्त छन् ।