९ असार २०८२, सोमबार | Mon Jun 23 2025


ललितपुर–१ मा नवराज सिलवालको उम्मेदवारी


0
Shares

तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो ।

बिहीबार बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता भइरहेको हो । योक्रम अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

यसक्रममा ललितपुरमा पनि उम्मेदवारी मनोनयन दर्ता जारी छ ।

प्रतिनिधिसभातर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उदयशमशेर राणा, ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, वाम गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका नवराज सिलवाल, ललितपुर–२ मा कृष्णलाल महर्जन र ललितपुर–३ मा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

नवराज सिलवाल केहीअघि नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए ।