
ट्रम्प यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।’
भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने केही बताइएको छैन । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्