९ असार २०८२, सोमबार | Mon Jun 23 2025


झापा–५ बाट ओलीको उम्मेदवारी, झापा–३ मा सिटौला र लिङ्देन मैदानमा


0
Shares

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट झापा–५ मा उनको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गराएपछि वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन उनले मतदातमा अपिल पनि गरे ।

यस्तै, झापामा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर–१ मा युवा नेता विश्वप्रकाश शर्मा, झापा–३ मा कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

झापा–३ बाटै प्रतिनिधिसभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई वाम गठबन्धनको पनि साथ रहेको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयपत्र दर्ता भइरहेको छ ।

तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो ।

बिहीबार बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता भइरहेको हो । योक्रम अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।