
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले बिहीबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवले गृहजिल्लासमेत रहेको सप्तरीबाट पहिलोपटक उम्मेदवारी दिएका छन् । यसअघि, उनी सुनसरीबाट सभासदमा निर्वाचित भएका थिए ।
यादव नेता–कार्यकर्ता र समर्थकसहित दिउँसो २ बजे उम्मेदवारी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए । उनलाई सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थन रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्