Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


निर्वाचनपछि पाँच वर्ष पनि सरकार नटिक्ने परम्पराको अन्त्य हुन्छ : दाहाल


0
Shares

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर–३ बाट एमाले–माओवादीका साझा उम्मेदवार बनेका दाहालले बिहीबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनेक्रममा सन्चारकर्मीसँग कुरा गर्दै निर्वाचनपछि ७० वर्षदेखिको पाँच वर्ष पनि सरकार नटिक्ने परम्पराको अन्त्य हुने ठोकुवा गरे ।

उनले आफूहरुको गठबन्धन वामपन्थी–लोकतान्त्रिक भएको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा दक्षिणपन्थी गठबन्धन गर्ने कोसिस गरेको तर्क गरे ।

यस्तै, प्रतिनिधिसभा सदस्यकै लागि चितवन–१ बाट उम्मेदवारी दिएका एमाले नेता सुरेन्द्र पाण्डेले पनि वाम गठबन्धनले नयाँ इतिहास रच्ने दाबी गरे ।

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट एमाले नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् ।