२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


मामाहरुबाट बलात्कृत १० वर्षीय बालिका आमा बनिन्, दुवै मामालाई आजीवन जेल


0
Shares

गत जुलाईमा ती बालिकाले पेट दुखेको समस्या परिवारजनलाई भनेपछि उनी गर्भवती भएको पत्ता लागेको थियो । अगस्टमा उनले बच्चालाई जन्म दिएकी हुन् ।

बालिकाका परिवारजनले गर्भपातका लागि अनुमति मागेका भए पनि अदालतले गर्भपात गराउँदा खतरा हुने भन्दै स्वीकृति दिएको थिएन ।

उनी गर्भवती भएको थाहा पाएपछि परिवारजनले सोधपुछ गरेपछि मामाबाटै बलात्कृत भएको तथ्य प्रकाशमा आएको हो ।

सुरुमा जेठो मामाविरुद्ध मुद्दा दायर भएकोमा अदालती कारवाहीका क्रममा डिएनए परीक्षण गराइएको थियो । तर मामाको डिएनए परीक्षण गर्दा मेल नदेखिएपछि अदालतले ती बालिकाको पुनः बयान लिएको थियो । पछि बल्ल बलात्कारमा कान्छो मामा पनि संलग्न रहेको तथ्य प्रकाशमा आएको हो ।

डिएनए परीक्षणमा कान्छो मामा नै ती बालिकाको बच्चाको पिता रहेको पुष्टि भएको थियो । अदालतले बालिकाका दुवै मामालाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेको छ ।

बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई गत सोमबार सकिएको थियो भने अदालतले मंगलबार फैसला सुनाएको हो । यद्यपि सजायको अवधिबारे भने अदालतले बिहीबार फैसला सार्वजनिक गरेको हो ।

पीडित बालिकाको परिचय भने खुलाइएको छैन । (एजेन्सी)