
यस क्षेत्रमा पनि नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेवारबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६, ९ र १० बाट उम्मेदवारी दर्ता गराउन पुगेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु निकै तामझामका साथ निर्वाचन कार्यालय पुगेका थिए ।
यी तिनै क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनकै बीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर–६, ९ र १० मा प्रतिनिधिसभातर्फ क्रमशः भीमसेनदास प्रधान, ध्यानगोविन्द रन्जीत र राजन केसी यस क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । उनीहरु सबै नेपाली कांग्रेसबाट यसअघि पनि निर्वाचित सांसदहरु हुन् ।
उनीहरुको प्रतिस्पर्धीकोरुपमा वाम गठबन्धनबाट झक्कुप्रसाद सुवेदी, कृष्णगोपाल श्रेष्ठ र हितमान शाक्य रहेका छन् ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–६ को प्रदेशतर्फ नेपाली कांग्रेसबाट न्हुच्छेनारायण मानन्धर र विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् । यस प्रदेशमा वाम गठबन्धनबाट केशव स्थापित र योगेन्द्र संग्रौला रहेका छन् ।
यस्तैm क्षेत्र नम्बर–९ को प्रदेशतर्फ वाम गठबन्धनबाट अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेल रहेका छन् । यी दुवैले एमालेबाट उम्मेदवारी दिएका हुन् । यस प्रदेशमा नेपाली कांग्रेसका इन्द्रमान तुलाधर र धर्मराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर–१० को प्रदेशतर्फ कांग्रेसबाट पुकार महर्जन र धर्मानन्द श्रेष्ठले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट माओवादी केन्द्रका दिलीप महर्जन र एमालेका रमा आलेमगर रहेका छन् ।
संघीयतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो विजय निश्चित भएको बताएका छन् ।
वाम गठबन्धनका उम्मेदवारले वाम एकताका कारण चुनाव जित्न सहज हुने बताएका छन् भने कांग्रेसका उम्मेदवारहरुले विगतमाजस्तै यसपटक पनि जित आफूहरुकै हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्