
बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि तयारी गरिए पनि दिउँसो १ बजेबाट मात्रै उम्मेदवारहरु आफ्नो उम्मेदवारी दर्ता गर्न आएका थिए ।
उम्मेदवारी दर्ता गराउनेमध्ये भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसको तर्फबाट बाबुराजा जोशी र प्रदेशसभा तर्फ क्षेत्र नं. १ (क) चाँगुनारायणमा जीवन खत्री र प्रदेश नं. २ (ख) भक्तपुरमा अनिल भूजुले उम्मेदवारी दिएका छन् ।
सोही निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका मिलन सुवाल, प्रदेश नं. १ (क) चाँगुनारायणमा माओवादी केन्द्रका देवीप्रसाद ढकाल, एमालेका तर्फबाट हरिशरण लामिछाने र प्रदेश नं. २ (ख) भक्तपुरमा माओवादी केन्द्रबाट रोमन शिलाकारले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा बाम गठबन्धन भए पनि एमाले र माओवादी केन्द्रले एकै प्रदेशमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा बाम गठबन्धनको उम्मेदवारका रुपमा माओवादी केन्द्रका ढकाललाई समर्थन गर्दै एमाले नेता महेश बस्नेत, पार्टी अध्यक्ष राजेन्द्र राजथला, उपाध्यक्ष बच्चन देउजा लगायतका पार्टीका नेता तथा कार्यकर्ता आएका थिए भने पार्टी सचिवसमेत रहेका लामिछानेको उम्मेदवारी दर्ता गराउँदा एमाले केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र लगायतका एमाले नेताहरु आएका थिए ।
निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदूर किसान पार्टीबाट प्रतिनिधिसभामा प्रेम सुवाल, प्रदेशसभा तर्फ प्रदेश नं. १ (क) चाँगुनारायणमा निरज लवजू र प्रदेश नं. २ (ख) भक्तपुरमा सुरेन्द्रराज गोसाईले उम्मेदवारी दिएका छन् ।
संसदको प्रत्येक निर्वाचनमा यसैक्षेत्रबाट उम्मेदवारी दिदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने यस पटकको निर्वाचनमा उम्मेदवारी दिएनन् ।
यस क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)ले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी दिएन भने उम्मेदवारी दर्ताका समयमा राप्रपा र नेपाली कांग्रेसका स्थानीय नेताहरु संयुक्त रुपमा आएका थिए ।
राप्रपाले भने यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएन । प्रदेशसभा तर्फ भने प्रदेश नं. १ (क) चाँगुनारायणमा मुकुन्द कार्की र प्रदेश नं. २ (ख) भक्तपुरमा विष्णुप्रसाद त्वायनावासुले उम्मेदवारी दिएका छन् ।
यसैगरि यसक्षेत्रमा विवेशशिल साझा पार्टीले प्रतिनिधिसभा तर्फ ई. दिपेश न्यौपाने र प्रदेश नं. १ (क) चाँगुनारायणमा कालीचरण कार्कीलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधिसभा तर्फ राजेश गोसाईलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम नेपालबाट कुष्मा प्रधान श्रेष्ठको उम्मेदवारी परेको छ । यस क्षेत्रको प्रदेश नं. २ (ख) भक्तपुरमा स्वतन्त्रबाट कृष्णगोविन्द सुवाल, राजेन्द्र तिमिल्सिना, शिवराम अवाल, निलकृष्ण थापा, रमेश बुढाथोकी लगायतको उम्मेदवारी परेको छ ।
यता भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ दमननाथ ढुङ्गाना र प्रदेशसभा तर्फ क्षेत्र नं. १ (क) सूर्यविनायकमा उद्धव सिलवाल र प्रदेश नं. २ (ख) मध्यपुरथिमिमा गणेशमान चक्रधरले उम्मेदवारी दिएका छन् ।
सोही निर्वाचन क्षेत्रमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा तर्फ एमालेका महेश बस्नेत, प्रदेशसभा तर्फ प्रदेश नं. १ (क) सूर्यविनायकमा एमालेका शशीजंग थापा र प्रदेश नं. २ (ख) मध्यपुरथिमिमा एमालेका राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
नेमकिपाले यसक्षेत्रमा प्रतिनिधिसभा तर्फ अनुराधा थापामगर, प्रदेशसभा तर्फ प्रदेश नं. १ (क) सूर्यविनायकमा सरोजराज गोसाई र प्रदेश नं. २ (ख) मध्यपुरथिमिमा प्रेमजन थापालाई उम्मेदवार बनाएको छ ।
राप्रपाले भने यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएन । प्रदेशसभा तर्फ भने प्रदेश नं. १ (क) सूर्यविनायकमा डोलबहादुर कार्की र प्रदेश नं. २ (ख) मध्यपुरथिमिमा राजेश राजवाहकले राप्रपाबाट उम्मेदवारी दिएका छन् ।
त्यसैगरि यसक्षेत्रमा विवेशशिल साझा पार्टीले प्रतिनिधिसभा तर्फ शशी विक्रम कार्की र प्रदेश नं. १ (क) सूर्यविनायकमा रमेश राई तथा प्रदेश नं. २ (ख) मध्यपुरमा ई. रामभक्त वादेलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरि प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनमोर्चाले शिवहरी खनाललाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्