८ असार २०८२, आइतबार | Mon Jun 23 2025


प्रदेश नम्बर २ मा यस्तो छ चुनावी भिडन्त


0
Shares

यसक्रममा धनुषा जिल्लाको क्षेत्र नम्बर १ मा कांग्रेसबाट आनन्द ढुंगाना, माओवादी केन्द्रबाट मात्रिका यादव, फोरम–राजपा गठबन्धनबाट दिपक कार्कीले उम्मेदवारी दिएका छन् ।

धनुषा, २ नम्बरमा कांग्रेसबाट रामकृष्ण यादव, फोरम–राजपा गठबन्धनबाट उमाशंकर अरगरीया र माओवादीबाट रामचन्द्र झा चुनावी मैदानमा उत्रिएका छन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेसबाट विमलेन्द्र निधि, फोरम–राजपा गठबन्धनबाट राजेन्द्र महतो र बाम गठबन्धनबाट रामसिंह यादवले उम्मेदवारी दिएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेन्द्र यादव, फोरम–राजपाबाट महाजन यादव र एमालेबाट रघुवीर महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

महोत्तरीमा प्रतिनिधि सभातर्फ राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले क्षेत्र नम्बर ३ बाट, राजपाकै शरदसिंह भण्डारीले क्षेत्र नम्बर २ बाट, माओवादीका गिरीराजमणी पोखरेलले क्षेत्र नम्बर १ बाट, कांग्रेसकी किरण यादवले क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् ।

सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, माओवादीका उमेश यादव र कांग्रेसका सकलदेव सुतिहार तथा स्वतन्त्र जयप्रकाश ठाकुरले मनोनयन दर्ता गराएका छन् ।