२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


न्यूयोर्क हमलामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने अमेरिकी राष्ट्रपतिको जिकिर


0
Shares

यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो हुने भन्दै उनले मृत्युदण्डको वकालत गरेका हुन् ।

साइपोभले भने न्यूयोर्कमा आक्रमण गर्दा आफूलाई निकै आनन्द आएको र अझै बढी मानिस मार्ने आफ्नो चाहना रहेको प्रहरीसँग बताएका छन् ।

बुधबार गरिएको आक्रमणमा ८ जना बटुवा मारिएका थिए भने अरु ११ जना घाइते छन् । मारिनेमा पाँच जना अर्जेन्टिनी नागरिक थिए ।

प्रहरीले आक्रमणकारी आईएससँग प्रभावित व्यक्ति भएको जिकीर गरेको छ ।

एक वर्षदेखि आक्रमणको योजना बनाइरहेका साइपोभको तीन बच्चा रहेको पनि बताइएको छ । २९ वर्षीय उज्वेकिस्तानका आप्रवासी साइपोभमाथि जानाजान ट्रक जोताएको र इस्लामिक अतिवादी समूह आईएसलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ । (एजेन्सी)