८ असार २०८२, आइतबार | Mon Jun 23 2025


कानुनको अवज्ञा नगर्न राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको खबरदारी


0
Shares

राजनीतिक दलसम्बद्ध युवाहरुका लागि निर्वाचनसम्बन्धि प्रशिक्षणमा उनले कानुन र आचारसंहिताको उल्लंघन गर्ने छुट कसैलाई नभएको प्रष्ट पारे । उल्लंघन गरे कडा कारवाही गर्ने चेतावनी पनि उनको छ ।

आयोगले निर्वाचनको सबै तयारी पूरा गर्दै मतदान केन्द्रित तयारीमा जुटेको जानकारी दिँदै उनले बिचारबाट भोट आउने भएकाले अनावश्यक भोजभतेर, तडकभडक, टिसर्ट र क्याप वितरण नगर्न दलहरु तथा उम्मेदवारलाई अपिल गरे ।

निर्वाचन आयोगको अर्जुनदृष्टि स्वच्छ र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नु भएकाले सहयोग गर्न सबै राजनीतिकदलसम्बद्ध युवालाई उनको आग्रह छ ।

निर्वाचनमा युवाको सुझबुझ र सक्रियता आवश्यक हुने भन्दै उनले मतदाता शिक्षाका लागि युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

निर्वाचन आयुक्तहरुले भने निर्वाचन अभियानलाई घरघरसम्म पुर्‍याउन युवाको भूमिका अयोगले खोजेको बताए । प्रशिक्षणमा विभिन्न राजनीतिक दलसम्बद्ध युवा सहभागी छन् ।