८ असार २०८२, आइतबार | Mon Jun 23 2025


समानुपातिकतर्फको बन्द सूची आज सार्वजनिक हुँदै


0
Shares

असोज २९ गते दलहरुले बुझाएको बन्दसूचीमा रहेका नीतिगत त्रुटी सच्याउँदै आवश्यक प्रक्रियापछि आयोगले समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गर्न लागेको हो ।

समानुपातिकतर्फ निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए । अधिकांश दलले बुझाएको बन्दसूचीमा त्रुटी देखिएपछि आयोगले सच्याउन गत १२ गतेसम्मको समय दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेश सभाका लागि २ सय २० जना सदस्य चुनिने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि बढीमा १ सय १० र कम्तीमा ११ जनाको नाम रहने गरी आयोगमा दलहरुले समानुपातिक सूची बुझाएका छन् ।

समानुपातिकतर्फको बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा खस आर्य ३१ दशमलव २, आदिवासी जनजाती २८ दशमलव ७, मधेशी १५ दशमलव ३, दलित १३ दशमलव ८, थारु ६ दशमलव ६ र मुस्लिम ४ दशमलव ४ प्रतिशत हुनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।