२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


इराकको मोसुलमा आइएसका ७४१ लडाकु मारिएको राष्ट्रसंघको दाबी


13
Shares

संयुक्त राष्ट्रसंघले जारी गरेको तथ्यांकमा एक बर्षको अवधिमा इराकी सेना र अमेरिकी नेतृत्वले मोसुलमा गरेको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् ।

कारवाहीका क्रममा ४ सय ६१ सर्वसाधारण पनि अनाहकमा मारिएका छन् । सन् २०१६ र २०१७ को बीचमा मोसुलमा गरिएको सैन्य कारबाहीमा २ हजार ५ सय २१ जना नागरिक मारिएको र १६ सय जना घाइते भएको उल्लेख छ ।
मोसुल कब्जामा लिई आईएसले त्यहाँका सर्वसाधारणलाई हत्या गर्ने गरेको पनि जनाइएको छ ।

अमेरिकी र इराकी गठबन्धन सेनाले लामो प्रयासपछि सो शहर आईएस कब्जाबाट मुक्त गरेको थियो । राष्ट्रसंघले मोसुल शहरमा भएको नरसंहार र मानवअधिकार हननमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही गर्न विश्व समुदायको ध्यानाकर्षण गराएको छ । (एजेन्सी)