
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालका अनुसार ६ महिनादेखि पाँच वर्ष उमेर समूहका ५१ हजार ४८२ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको हो ।
त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका ४५ हजार ४३० जना बालबालिकालाई जुकाको औषधि खुवाइएको उनले बताए ।
कात्तिक २ र ३ गते ती दुवै औषधि खुवाउने कार्यक्रम भए पनि उक्त मितिमा तिहार पर्व परेकाले बिहीबार (हिजो) र शुक्रबार (आज) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । हिजो औषधि खुवाउन छुटेकालाई शुक्रबार (आज) खुवाइँदैछ ।
पोखरा लेखनाथ महानगरपालिका र पाँचओटा गाउँपालिकाका सबै वडाका टोलमा औषधि खुवाउनका लागि एक हजार ६९ महिला स्वयंसेविका र ३०० स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
बालबालिकाको आँखामा लाग्ने रक्तअल्पता रोग लाग्न नदिन भिटामिन ‘ए’ र बालमृत्यु दर घटाउन जुकाको औषधि खुवाउने गरिन्छ । सरकारले हरेक वर्षको ६÷६ महिना वैशाख ६ र ७ र कात्तिकको २ र ३ गते बालबालिकालाई सो औषधि खुवाउँदै आउने गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्