८ असार २०८२, आइतबार | Mon Jun 23 2025


लमजुङमा १८ मतदानस्थल अतिसंवेदनशील


0
Shares

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले १८ ओटा मतदानस्थल अतिसंवेदनशील, ८० ओटा संवेदनशील र २५ ओटा सामान्य रहेको निस्कर्ष निकालेको हो ।

सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले अवस्था हेरेर संवेदनशील स्थलहरु थपघट हुनसक्ने बताए ।

लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेका छन् । यीमध्ये तनहुँ र कास्कीसँग सिमाना जोडिएका मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ ।

यस्तै, सजिलै सवारी–साधन नजाने विकट गाउँका मतदानस्थल पनि अतिसंवेदनशील सूचीमा छन् ।

प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टकाअनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । जसमा जनपथ प्रहरी एक हजार ४००, म्यादी प्रहरी ९३९, सशस्त्र प्रहरी ४०० र नेपाली सेना परिचालित हुनेछन् ।