
उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्ल्यु हाउस’ले जानकारी दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लागेकोे सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लागेको बताइएको छ । साथै उनले दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिविरको पनि भ्रमण गर्नेे बताइएको छ ।
‘ब्ल्यु हाउस’मा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहने बताइएको छ । सो सभामा राष्ट्रपतिले सम्बोधन गर्ने छन् । यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको समेत सहभागिता रहने बताइएको छ ।
सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।
उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन ।
राष्ट्रपति ट्रम्पले कोरियाको संसद बैठकलाई पनि सम्बोधन गर्ने समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्