८ असार २०८२, आइतबार | Mon Jun 23 2025


कास्कीमा कहाँ–कसको उम्मेदवारी ? (नामावली)


0
Shares

मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बिहीबार भएको उम्मेदवारी मनोनयनमा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १७ ओटा दलसहित केही स्वतन्त्र व्यक्तिले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभातर्फ तीनओटा निर्वाचन क्षेत्र रहेको कास्कीमा तीन स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रदेशसभातर्फ ६ ओटा निर्वाचन क्षेत्र रहेकामा ६४ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाली कांग्रेस बीपी, मंगोल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाललगायतले आफ्ना उम्मेदवार अघि सारेका हुन् ।

कास्कीमा विशेषगरी वाम गठबन्धन र कांग्रेसबीच मुख्य टक्कर हुने देखिएको छ ।

कांग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि कानुनमन्त्रीसमेत रहेका यज्ञबहादुर थापाले र वाम गठबन्धनबाट एमालेका खगराज अधिकारीले उम्मेदवारी दिएका छन् ।

यसबाहेक सो क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टेकबहादुर गुरुङ, एकीकृत राप्रपा (राष्ट्रवादी)का सञ्जय कार्की, मंगोल नेसनल अर्गनाइजेसनका रियाज गुरुङ, नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमोर्चाका मदन मुरारी घिमिरे, नयाँ शक्ति पार्टी नेपालका सौगात पोखरेल, नेपाल दलित पार्टीका राजु परियार, विवेकशील साझा पार्टीका दीपक पौडेल, आमूल परिवर्तन मसिहा पार्टीका पदमबहादुर गुरुङ र संघीय समाजवादी फोरम नेपालका मनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रबाट ज्ञानेन्द्रबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कास्की क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका तर्फबाट देवराज चालिसेले उम्मेदवारी दिएका छन् । यही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका रवीन्द्र अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

यही क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णबहादुर पुन, संघीय समाजवादी फोरम नेपालका रत्न भट्टचन, नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, नयाँ शक्ति पार्टी नेपालका दीपक भण्डारी, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, मंगोल अर्गनाइजेसनका ज्ञानराज गुरुङ र विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारकोरुपमा निर्मल खत्रीले उम्मेदवारी दिएका छन् ।

कास्की क्षेत्र नम्बर–३ मा कांग्रेसका तर्फबाट शुक्रराज शर्मा र वाम गठबन्धनका तर्फबाट एमालेका जगत विश्कर्मासहित संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, नयाँ शक्ति पार्टी नेपालका नारायणप्रसाद भण्डारी, जनसमाजवादी पार्टी नेपालका रमेश बसेल, मंगोल नेसनल अर्गनाइजेसनका गोविन्दबहादुर गजमेर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका भोजराज त्रिपाठी र विवेकशील साझा पार्टीका मिलन अधिकारी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा दुर्गादत्त तिमिल्सनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर–१ ‘क’मा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, वाम गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइरालासहित राप्रपाका देउबहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका रामबहादुर केसी, मंगोल नेसनल अर्गनाइजेसनका जानु गुरुङ, राप्रपा प्रजातान्त्रिकका लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दीपककुमार थापा, विवेकशील साझा पार्टीका नवराज खनाल, संघीय समाजवादी फोरम नेपालका वीरबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीसमगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका श्रीधन राई र नयाँ शक्ति पार्टी नेपालका नारायणहरि तिवारीले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा अजिमबक्स मियाँ र टिकाराम पंगेनीको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै, क्षेत्र नम्बर–१ ‘ख’मा कांग्रेसका जिल्ला सभापति कृष्ण केसी, एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङसहित मंगोल नेसनल अर्गनाइजेसनका श्रीमान थापा, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गीरबहादुर कुँवर, नयाँ शक्ति पार्टी नेपालका कमल थापा, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी, राप्रपाका नारायण गुरुङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमेराज मश्राङगी र विवेकशील साझा पार्टीका फणीन्द्रमोहन कँडेलले उम्मेदवारी दिएका छन् ।

प्रदेशतर्फ नै क्षेत्र नम्बर–२‘ क’मा नेपाली कांग्रेसका गुरु बराल, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, राप्रपाकी विष्णु खड्का, संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेल, राष्ट्रिय जनमोर्चाका टिकाराम अधिकारी, विवेकशील साझा पार्टीका चिरञ्जीवी बराल, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर थापामगर, मंगोल अर्गनाइजेसनका निर्मल आले, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको छ ।

यस्तै, क्षेत्र नम्बर–२ ‘ख’मा कांग्रेसका विन्दुकुमार थापा, वाम गठबन्धनबाट माओवादी केन्द्रका राजकाजी गुरुङ, राप्रपाका विष्णुबहादुर खत्री, राप्रपा प्रजातान्त्रिकका देवेन्द्रकिशोर बास्तोला, राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी, नेपाल दलित पार्टीकी मिठू परियार, मंगोल अर्गनाइजेसनका टेकबहादुर राना, नयाँ शक्ति पार्टी नेपालका डम्बरबहादुर केसी र संघीय समाजवादी फोरम नेपालका किसन विश्वकर्मा उम्मेदवार भएका छन् ।

यो क्षेत्रमा बागी उम्मेदवारीसमेत परेको छ । कांग्रेसका नरेशशंकर पालिखेले विन्दुकुमार थापाविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

प्रदेशसभातर्फ नै क्षेत्र नम्बर–३ ‘क’मा कांग्रेसकी उम्मेदवार सांसद शारदा पौडेल, माओवादी केन्द्रका रामजी बराल, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाइँ, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, जनसमाजवादी पार्टी नेपालका गोरे दमै, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, मंगोल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्मा र नयाँ शक्तिका देवीप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर–३ ‘ख’मा कांग्रेसका सिकन्दर गुरुङ (भोज), एमालेबाट युवा संघका अध्यक्ष राजीव पहारी, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीकी कमला विक, राप्रपाकी धनुमाया कोइराला, मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, नयाँ शक्ति पार्टीका नेत्रप्रसाद चापागाइँ र संघीय समाजवादी फोरमका तुलबहादुर गुरुङले उम्मेदवारी दिएका निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

भिडियो हेर्नुहोस्