८ असार २०८२, आइतबार | Mon Jun 23 2025


‘भ्रष्टाचारी’ भन्दै गोविन्दराज जोशीविरुद्ध रामचन्द्रले दिए उम्मेदवारी रद्द गर्न उजुरी


0
Shares

जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिलेपनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलले गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।

पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेस गरेका छन् ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेदवार नबनाएपनि जोशीले तनहुँ–१ मा नेता पौडेलविरुद्ध नै बिहीबार ‘बागी’ उम्मेदवारी दिएका थिए ।

जोशी नेपाली कांग्रेसको झन्डासहित तामझामका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।