वनले शुक्रबार जिल्ला सभापति दुर्लभ थापामार्फत् पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए ।
आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क)मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् ।
उनले राजीनामापत्रमा ‘आफूले जुन कांग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले कांग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जीउने प्रणसमेत गरेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्