
संविधानले ३३ प्रतिशत महिलाको सहभागिता हुनैपर्ने व्यवस्था गरेको भएपनि प्रतिनिधिसभा सदस्यतर्फ १२ प्रतिशतमात्र महिलाको उममेदवारी परेको छ ।
प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट झापा क्षेत्र नम्बर–२ बाट पवित्रा निरौला खरेल, सुनसरी क्षेत्र नम्बर–३ बाट भगवती चौधरी, उदयपुर क्षेत्र नम्बर–१ बाट मन्जुकुमारी चौधरी, ललितपुर क्षेत्र नम्बर–३ बाट पम्फा भुसाल, स्याङ्जा क्षेत्र नम्बर–२ बाट पद्यमा अर्याल, कैलाली क्षेत्र नम्बर–१ बाट गरिमा शाह, पर्सा क्षेत्र नम्बर–४ बाट उर्मिला अर्याल र कन्चनपुर क्षेत्र नम्बर–१ बाट बिना मगरलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, नेपाली कांग्रेसले तेह्रथुम क्षेत्र नम्बर–१ बाट सीता गुरुङ, काठमाडौं क्षेत्र नम्बर–३ बाट अम्बिका बस्नेत, मकवानपुर क्षेत्र नम्बर–२ बाट महालक्ष्मी उपाध्याय (डीना), दाङ क्षेत्र नम्बर–१ बाट सुशीला चौधरी, महोत्तरी क्षेत्र नम्बर–२ बाट किरण यादव, कैलाली क्षेत्र नम्बर–१ बाट ईश्वरी न्यौपाने र कैलाली क्षेत्र नम्बर–५ बाट आरजु राणा देउवालाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभाको चुनावमा भने ८ प्रतिशत महिलाकोमात्र उम्मेदवारी परेको छ ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ३ प्रतिशतमात्र महिलाको उम्मेदवारी रहेको थियो ।
पहिलो चरणको चुनावमाभन्दा अहिले महिला उम्मेदवारको संख्या केही बढेपनि सन्तोषजनक नरहेको कांग्रेसकी महिला नेत्री उमा रेग्मीले बताइन् ।
संविधानमा प्रतिनिधि र प्रदेसभाको निर्वाचनमा ३३ प्रतिशत महिलाको सहभागिता हुनैपर्ने बाध्यकारी व्यवस्था भएकाले प्रत्यक्षतर्फ नभइ समानुपातिकमा बढी महिलालाई उम्मेदवार बनाएर प्रमुख दलका नेताहरुले ३३ प्रतिशत पुर्याउन खोजेको माओवादी केन्द्रकी महिला नेत्री अम्बिका थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्