अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाो ।
शुक्रबार चाँदीको मूल्य भने तोलाको ७६५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७५ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्