२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


बर्खास्त क्याटलन नेता कार्लेस पुज्डमोनविरुद्ध पक्राउ आदेश


0
Shares

स्पेनको राजधानी मड्रिडस्थित उच्च अदालतले नेता पुज्डमोनसहित बेल्जियम गएका उहाँका अरु चार सहयोगी विरुद्ध युरोपियन पक्राउ एरेस्ट वारेन्ट जारी गरेको हो ।

बर्खास्त भएका क्याटलन नेता पुज्डमोनलाई अदालतमा उपस्थित हुन भनिएको थियो । तर उहाँ अदालतमा उपस्थित नभएका कारण पक्राउ आदेश जारी गरिएको हो ।

स्पेन सरकारले बिहीबार क्याटालोनिया क्षेत्रीय सरकारका ९ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जना ५० हजार युरो धरौटी बुझाएर रिहा भएका छन् ।

स्पेन सरकारले नेता पुज्डमोनसहितका क्याटालोनिया स्वतन्त्रताको पक्षमा रहेको क्षेत्रीय सरकारका अधिकारीमाथि विद्रोह, नागरिकलाई भड्काउने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

अहिले बेल्जियममा रहेका नेता पुज्डमोनले निष्पक्ष सुनुवाई हुने ग्यारेन्टी नभएसम्म स्पेन नर्फकने बताएका छन् ।

युरोपियन एरेस्ट वारेन्ट जारी भएकाले बेल्जियमले वारेन्टको अध्ययन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबरमा जनमतसंग्रह भएपछि विवाद चुलिएको थियो ।(एजेन्सी)