८ असार २०८२, आइतबार | Sun Jun 22 2025


तलब–भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा


0
Shares

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखलेमात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौंको ज्यान गएका कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने बताए ।

सन्धिखर्कमा शनिबार सन्चारकर्मीसँग कुराकानी गर्दै डा. बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा–सुविधा जनताकै नाममा खर्च गर्ने बताए ।

उनले ‘जिल्लालाई नमुना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो’–भने ।

बिसीले भने–‘विकास गर्नका लागि उम्मेदवार भएर आएको हुँदा जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमुना जिल्ला बनाउने अभियानमा लाग्ने छु । जनताले यसपटक फरक व्यक्ति खोजेकाले मैले जित्ने निश्चित छ ।’ रासस