८ असार २०८२, आइतबार | Sun Jun 22 2025


चुनाव जिते राज्यको सेवा–सुविधा नलिने उम्मेदवारको घोषणा


0
Shares

नेपाली कांग्रेसबाट प्रदेशसभा (क)का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनैपनि सेवा–सुविधा नलिने बताएका हुन् ।

सन्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाऊँ भन्ने सोच नभएको बताए ।

आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उनले भने–‘मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।’

उनले सांसदबापत् प्राप्त सम्पूर्ण राज्यको सेवा–सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए । रासस