८ असार २०८२, आइतबार | Sun Jun 22 2025


नवलपरासीमा प्रदेशसभातर्फ तीनजना उद्योगी–व्यवसायीको उम्मेदवारी


0
Shares

उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–५ का अध्यक्षसमेत रहेका गुणनिधि तिवारीले नवलपरासी बर्दघाट–सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’बाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उद्योग वाणिज्य संघ नवलपरासीका वाणिज्यतर्फका उपाध्यक्ष नगेन्द्र अग्रहरि र संघका निवर्तमान अध्यक्ष बैजनाथ जयसवालले सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिएका छन् ।

जयसवालले नेपाली कांग्रेस र अग्रहरिले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उम्मेदवारी दिएका हुन् ।

तीनैजनाले प्रदेश नम्बर–५ औद्योगिक सम्भावना बोकेको क्षेत्र रहेकाले त्यसको विकासका लागि आफूहरुले उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

नवलपरासीमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।