
टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री हरिरीले आफ्नो हत्या योजनाको वातावरण बनेकोे भन्दै आफ्नो ज्यानमा खतरा बढेकाले राजिनामा दिएको बताए ।
इरानको आलोचना गर्दै उनले इरानले विभिन्न मुलुकमा त्रास र विध्वंस फैलाएको आरोप लगाएका छन् ।
हरिरीका बुबा पूर्व प्रधानमन्त्री रफिक अल हरिरीको सन् २००५ मा हत्या गरिएको थियो । आफ्ना बुबाको हत्या हुनुअघिकै जस्तो वातावरण रहेको भन्दै उनले आफ्नो ज्यानविरुद्ध योजना बनाइएको आभास पाएको दाबी गरे ।
इरानविरुद्ध रहेको साउदीसँग हरिरीको निकट सम्बन्ध रहेको छ । दुई वर्षदेखिको राजनीतिक अस्थिरता पछि हरिरी गत वर्षको नोभेम्बरमा प्रधानमन्त्री चुनिएका थिए । यसअघि सन् २००९ देखि सन् २०११ सम्म पनि उनी प्रधानमन्त्री बनेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्