साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १७ अंकले झरेर १५ सय २२ विन्दुमा आइपुग्यो ।
यो साता १८१ कम्पनीका ६२ लाख ६६ हजार कित्ता सेयर २ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भए ।
गत साता १७१ कम्पनीका ४६ लाख ४१ हजार कित्ता सेयर १ अर्ब ७१ करोड ११ लाख बराबरमा खरिद–बिक्री भएका थिए । कारोबार रकम भने गत साताकोभन्दा ३१ प्रतिशतले बढी हो ।
यो साता बिमा, विकास बैंक, होटल, वाणिज्य बैंक र वित्त समूह ऋणात्मक रहे भने जलविद्युत्, उत्पादनमुलक एवं व्यापार समूह भने सामान्य अंकले सुधारिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्