
यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो ।
आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए । यसले साउदीको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ ।
साउदी अरेबियाले यसअघि पनि हुथी विद्रोहीका मिसाइल खसालेको दाबी गर्दै आएको थियो । तर यसअघि कुनै पनि मिसाइल घना बस्ती भएको क्षेत्र नजिक खसेका थिएनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्