८ असार २०८२, आइतबार | Sun Jun 22 2025


आज उम्मेदवारी फिर्ता लिने समय, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं


0
Shares

आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ ।

उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ सय २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश सभातर्फको २ सय ५६ प्रतिनिधिका लागि २ हजार ९ सय ६६ जना मैदानमा खडा भएका छन् ।