Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


तमोर नदीको मूलघाटबाट चतरासम्म र्‍याफ्टिङ सुरु


0
Shares

बोटको सहारामा पानीमाथि तैरँदै गरिने साहसिक खेल र्‍याफ्टिङ धनकुटाको मूलघाटबाट सुनसरीको चतरासम्म सुरु गरिएको हो । चार वर्ष अघिबाट तमोर नदीमा यो खेल सुरु गरिए पनि बर्षातको समयमा बन्द हुने गरको छ ।

धनकुटाको मूलघाटदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटरको यो यात्रा निकै रोमाञ्चक हुने र्‍याफ्टिङमा सहभागीहरु बताउँछन् ।

पानीसँग खेल्न पाइने, नदीका विभिन्न रुप देख्न पाईने, जोखिम कम र रमाईलो बढी हुने भएकाले र्‍याफ्टिङ गर्न तमोर नदीलाई रोज्ने गरेको र्‍याफ्टिङ कम्पनी सञ्चालक सेतु सिलवाल बताउँछन् ।

तमोर नदीलाई र्‍याफ्टिङका लागि नेपालकै तेस्रो उत्कृष्ट गन्तव्य मानिन्छ । माईनस ४ डिग्रीसम्मको ‘र्‍यापिट’ भएकाले यो नदीलाई मर्स्याङ्दी र भोटेकोसीपछिको उत्कृष्ट मानिन्छ । यो नदीमा हाल तीनवटा कम्पनीले र्‍याफ्टिङ गराउँदै आएका छन् ।