तनहुँमा पत्रकार सम्मेलन गरी नेता जोशीले आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिक भएको जिकीर गरे ।
आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी उनको छ । उम्मेदवारी रद्द गरेको बारेमा सन्चारमाध्यमबाट सुनेपनि आयोगले जानकारी नगराएको उनको भनाइ छ । निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष नभएको र सत्ताको प्रभाव र दबाबमा परेर निर्णय गरिएको उनको आरोप छ ।
आयोगको निर्णयविरुद्धमा के गर्ने भन्नेमा कानुनविदहरुसँग छलफल भइरहेको उनको भनाइ छ । आफूले टिकट नपाएपछि जोशीले सोही क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए ।
जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिएको उजुरीमा शनिबार (हिजो) आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्