
एशियाली मुलुकहरुको भ्रमणका क्रममा जापान पुगेका ट्रम्पले टोकियोनजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरेका हुन् ।
आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले आवश्यक स्रोत साधन पाइरहने बचन पनि उनले दिए ।
आफ्नो स्वतन्त्रता रक्षाका लागि अमेरिका कहिल्यै कमजोर नहुने भन्दै उनले कुनै पनि मुलुक वा तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने जिकीर गरे ।
उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेका बेला ट्रम्प एशिया भ्रमणमा निस्किएका हुन् ।
यस भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिन चीनलाई कूटनीतिक दबाब दिने अपेक्षा गरिएको छ ।
जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्ने कार्यक्रम छ ।
जापानमा पत्रकारहरुसँग ट्रम्पले रुसी समकक्षी भ्लादिमीर पुटिनसँग पनि भेट हुन सक्ने जानकारी दिँदै उत्तर कोरियाली मुद्दामा पुटिनको सहयोग चाहने बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्