८ असार २०८२, आइतबार | Sun Jun 22 2025


रौतहटमा २, सर्लाहीमा ८ जनाले उम्मेदवारी फिर्ता लिए


0
Shares

रौतहट १ को प्रदेशसभाका रणधीरकुमार सिह र क्षेत्र नम्बर २ का प्रदेशसभाका मोहम्मद अब्दुल्लाहले उम्मेदवारी फिर्ता लिएका हुन् ।

रौतहटको ४ को प्रदेश (क)मा नेपाली जनता दलबाट उम्मेदवार बनेका भोजेन्द्र ठाकुरको नाम संघीय फोरमको समानुपातिक सूचीमा रहेकाले उनको उम्मेदवारी भने रद्द गरिएको छ ।

क्षेत्र नम्बर १ मा मधेशी गठबन्धनबाट उम्मेदबार बनेका राजपाका अनिल झाविरुद्ध बबन सिंह, ४ को प्रदेशसभा (क)मा राजपाका प्रदिपशमशेर जबराविरुद्ध अब्दुल कलाम र प्रदेशसभा (ख)मा माओवादी उम्मेदवार देबेन्द्र पटेलविरुद्ध राजु धामीको उम्मेदबारी भने कायमै छ ।

सर्लाहीमा भने ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशसभामा क्षेत्र नम्बर १ (क)बाट उपेन्द्रसाह तेली, दलित मुस्लिम जनशक्ति पार्टीकी अनिता कुमारी, संघीय समाजवादीका देवनारायण महतो र स्वतन्त्र उम्मेदवार सुशीलकुमार थपलियाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

क्षेत्र नं. १ (ख)मा लालबहादुर माझी, नयाँ शक्ति पार्टीका टिकादक्त पौडेल, क्षेत्र नम्बर ३ (ख)मा चन्द्रप्रसाद पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ भरतबहादुर थापाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।