धान काटेर भित्र्याउनका लागि गाउँगाउँ पुगेर खेताला खोज्ने झन्झटबाट किसान मुक्त हुन थालेका छन् ।
धान रोपाईं गरेदेखि भित्र्याउँदासम्मको लगानी हर्दा किसानहरु आधुनिक मेशिन कम्बाईनतर्फ आकर्षित भएका हुन् ।
बिहानदेखि रात नपरेसम्म खेतमै ब्यस्त रहने किसान अहिले आधुनिक धान स्याहार्ने मेसिन गाउँमै आएपछि दिनचर्यामा परिवर्तन आएको छ ।
कपिलबस्तुका अधिकांश युवा मजदुरीका लागी भारत तथा अन्य मुलुकमा धाउन थालेपछि किसानको घरमा कि त बालबच्चा कि त बृद्धबृद्धा रहने गर्छन, त्यहि सिमित जनशक्तिको अभावलाइ सम्हालेको छ कम्बाइन मेसिनले ।
धान रोपाइ गरेदेखि स्याहार्दा सम्मको लगानीलाई मध्यनजर गर्दै किसानहरु आधुनिक मेशिन कम्बाईनतर्फ आर्कषित भएका हुन् ।
केहि बर्ष अघिसम्म ट्याक्टर, राँगा, गोरु र मजदुरबाट धानको कटाई र दाई गर्दै आएका कृषकहरु अहिले झञ्झटबाट मुक्त भई आधाभन्दा बढी बचत गर्दैछन् ।
धान काट्ने, सुकाउने, केलाउने र स्याहार्ने झन्झटिलोमै ब्यस्त किसानहरुको लागत समेत उठ्न धौधौ पर्ने गर्थ्र्यो, त्यो समय, जुन बेला भुस उठाउने पंखाको सहाराले धान स्याहार्ने गरिन्थ्यो ।
पैसा पनि कम लाग्ने र समय पनि बचत हुने भए पछि धेरै कृषकहरुले हिजोआज मेसिनबाटै धानबाली स्याहारी रहेका छन् ।
जिल्लामा अहिले दुई दर्जन बढी धान काट्ने आधुनिक कम्बाईन हारबेस्ट भित्रिए पछि कृषकहरुलाई निकै सजिलो भएको छ ।
मेसिनले एक घण्टामै ४ देखि ६ बिगहासम्म खेतको धान काटेर मेसिन भित्रै दाई गरेर धानका गेडा बाहिर फाल्ने गर्छ ।
मेसिनमा रहेको उपकरणले दाई गरे पछि धान सोझै टयाक्टर ट्रली र गोरु गाडा अथवा सोझै बोरामा राख्ने गरेकाले थप सुबिधा पुर्याएको छ ।
खेतमा हिलो अथवा पानी नभएमा सबै ठाउमा गई धान काटन सकिन्छ ।
कपिलबस्तु नगरपालिका वडा नं. ९ महुवा स्थित मुस्कान कृषि सहकारी संस्थाका अध्यक्ष बृजबिहारी चौधरीले मजदुर नपाउँदा मेसिनबाट धान कटाई गरेर दुई दिनमै स्याहारेको र आधी बढी सस्तो अनि समयको समेत बचत भएको बताउँछन् ।
खेताला राखेर धान काट्दै एक बिगहालाई १ हजार पाँच सय बढी खर्च पर्ने भए पनि मेसिनबाट काट्दा ८ सय मै पुग्ने अर्का कृषक मुकेश श्रीवास्तव बताउँछन् ।
यस बर्ष जिल्लामा ७२ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट २ लाख बढी मेट्रिक टन धान उत्पादन हुने अनुमान जिल्ला कृषि कार्यालयले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्