Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


महोत्तरीमा राजपा अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेसको समर्थन


0
Shares

कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलाई फिर्ता गराएर ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय स्वीकार्र्दै राजपा नेता ठाकुरलाई जिताउन आफूले उम्मेदवारी फिर्ता लिएको कांग्रेस उम्मेदवार बजरंग नेपालीले बताए ।

निर्वाचन आयोगमा काँग्रेसले महोत्तरी क्षेत्रनं. ३ का प्रतिनिधिसभाका उम्मेदवार बजरंग नेपालीको नाम हटाइदिन निवेदन दिएकाले सोहीबमोजिम नाम फिर्ता गरिएको मूख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

कांग्रेसको समर्थनमा नेता ठाकुरलाई राहत मिलेपनि उता सप्तरी २ मा मधेसी गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने बागीले उम्मेदवारी फिर्ता नलिँदा अफ्ठ्यारोमा परेका छन् ।