Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


शेयर बजारमा उच्च गिरावट, नेप्से पुनः १५ सय तल झर्‍यो


0
Shares

नेप्से २६ अंकले ओरालो लागेर १४ सय ९६ मा आएर थामियो । व्यापार बाहेक सबै समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ५७ अंकको गिरावाट आयो । उत्पादनमूलक समूह पनि ५० अंकले झर्यो ।

विकास बैंक र वित्त समूहमा पनि ३०/३० अंकको गिरावट आयो । वाणिज्य बैंक समूह २४ अंकले र जलविद्युत समूह पनि २३ अंकले ओरालो लाग्यो ।

अन्य समूह दोहोरो अंकले झर्दा होटल र वित्त समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको १५ लाख बढी कित्ता शेयर ६३ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।