Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


जनचाहना अनुसारको शासन सत्ताका लागि वाम गठवन्धनः अध्यक्ष ओली


0
Shares

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने बताए ।

वाम गठबन्धन यही स्वार्थका लागि बनेको भन्दै उनले अबको दुई महिनामा आफूहरुको सरकार बन्ने बताए ।

मुलुकको बेरोजगारीे अन्त्य, गरीब, विपन्न एवं उत्पीडितका हक अधिकार संरक्षण गर्ने गरी वाम गठबन्धनले चुनावी घोषणा पत्र ल्याएको उनले बताए ।

दुई पार्टीका अध्यक्षले सम्बोधन गर्ने भनिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने कार्यक्रममा उपस्थित भएनन् ।