
अन्तिम नामावलीअनुसार गत मंसीर १६ गते मनोनयन दर्ता गरेका ४ हजार ७४७ उम्मेदवार मध्ये २६४ जना उम्मेद्वारको सूचीवाट हटेका छन् । २६४ जनामध्ये ४ जनाको उम्मेद्वारी खारेज, २ जनाको उम्मेद्वारी रद्द र २५८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
तर, दास्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको सम्पूर्ण विवरण आइनसकेकाले थप विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाअनुसार निर्वाचन आयोगले आइतबार उम्मेदवारको नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरण गरेको हो । आयोगले साँझ ६ बजेभित्र सम्पूर्ण उम्मेदवारलाई निर्वाचन चिन्ह दिइसकिएको समेत जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइसम्पन्न भएको पनि जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने १३ जिल्लामा छपाइ गरिसकेका मतपत्र ढुवानी गरिसकेको समेत आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्