नेपाली कांग्रेस (बिपी) ले आफ्नो पक्षको समानुपातिक मत एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चारकुने हलोमा दिने सहमति भएको एराप्रपाका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।
त्यसैगरी, एराप्रपाले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेका (बिपी) का सभापति हरिबोल भट्टराईलाई मतदान गर्ने भएको छ ।
आगामी मंसिरमा हुने चुनावपछि दुवै पार्टी एकीकरण गरी बृहत्तर राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने विषयमा सहमत भएको पाण्डेले बताए । रासस





प्रतिक्रिया दिनुहोस्