२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु, २४ घाइते


0
Shares

बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।

टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक चलाएको प्रहरीले जनाएको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले टेक्ससको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड भएको बताएका छन् ।

अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगतै जवाफी कारवाहीमा मारिएको उनले बताए । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् ।

घटनामा ज्यान गुमाएकाको परिचय अहिलेसम्म खुलेको छैन र उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

यसअघि गत हप्ता न्यूयोर्कमा एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)

USAA