Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी


0
Shares

यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।

काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी दिए । तालीममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पोरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ । (रासस)