
विपक्षी नेता भ्यचेस्लाभ माल्त्सेभले आफ्नो वेबसाइटमा ‘पुटिनको अत्याचार’ विरुद्ध ‘जनआन्दोलन’ का लागि अपिल गरेका थिए । उनकै अपिलअनुसार प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
केही प्रदर्शनकारीसँग छुरा तथा पेस्तोलसमेत रहेको प्रहरीको दाबी छ ।
कति संख्यामा प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको छ भन्ने प्रष्ट भइसकेको छैन । यद्यपि दुई सय ५० भन्दा बढीको संख्यामा प्रदर्शनकारीहरु प्रहरीको नियन्त्रणमा रहेको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । केहीले भने ४०० भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको दाबी गरेका छन् ।
पक्राउ गरिएका प्रदर्शनकारीलाई प्रहरीले सोधपुछसहित थप कारवाही अघि बढाएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्