
सांसद टेड ल्यूलाई अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ स्टाफका तर्फबाट लेखिएको पत्रमा यस्तो धारणा राखिएको हो । रियल एडमिरल माइकल ड्युमन्टले यस्तो कुनै संघर्षको सम्भावित क्षतिको हिसाब आँकलन गर्नु निकै मुस्किल हुने उल्लेख गर्दै पत्रमा सम्भावित युद्धको केही घण्टामा के–के हुन सक्छ भन्ने तथ्य प्रकाश पारेका छन् ।
अमेरिकी कंग्रेसका सदस्य टेड ल्यूले उत्तर कोरियासँगको सम्भावित युद्धका बारेमा सोधेका प्रश्नको जवाफमा माइकल ड्युमन्ट लेख्छन्, ‘उत्तर कोरियाको परमाणु कार्यक्रमसँग जोडिएका सबै अखडाको सटिक पहिचान र तिनीहरुलाई नष्ट गर्न स्थल कारवाहीबाट नै सम्भव हुन्छ ।’
उत्तर कोरियासँग ठूलो मात्रामा केमिकल हतियारसमेत हुन सक्ने आशंका पनि पत्रमा गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्