Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन कांग्रेसले पहल गर्ने


0
Shares

प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा नेपाली कांग्रेस मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले विराटनगरको भौतिक पूर्वाधार विकासमा समेत एकजुट भएर लाग्ने बताए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश आचार्यले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको बताए ।

प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार डा.मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टीहरु मिलेर मुलुकमा सर्वसत्तावाद ल्याउन खोजेको आरोप लगाए ।

उनले वाम गठबन्धनलाई निर्वाचनमा विजयी हुनबाट रोक्न आवश्यक भएको बताए ।

नेता रिजालले माओवादी केन्द्रले निर्वाचनको स्वार्थका लागि मात्र एमालेसँग गठबन्धन गरेको दाबी गर्दै एमालेसँगको गठबन्धनको बाटो परिवर्तन गर्नसमेत सुझाव दिए ।