
जिल्ला सुरक्षा समितिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका १३ मतदान स्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको हो ।
जिल्लामा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५७ स्थानमा ८९ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।
ती मध्ये कुनै पनि मतदान केन्द्र अति संवेदनशील नरहेको प्रशासनको निष्कर्ष छ ।
४४ वटा मतदान स्थलहरु सामान्य अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्