Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य : दाहाल


0
Shares

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले सोमबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले भने, ‘नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य अरु केही छैन ।’

अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकताबमोजिम नै वाम एकता भएको औंल्याउँदै उनले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी गरे ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी कांग्रेस, राप्रपालगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मकरूपमा हेरेको उल्लेख गरे ।

नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उनले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर गरे ।

दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुट र समूह नभनी लाग्न आग्रह गरे ।

वस्तुस्थिति र राष्ट्रको आवश्यकताले वाम एकता सही समयमा भएको बताउँदै उनले चितवनका सबै सिटमा वाम गठबन्धनले जितेर नमूना जिल्ला बनाउन सबै कार्यकर्ताले अठोट गर्नुपर्नेमा जोड दिए ।

वाम गठबन्धन चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि पनि वाम गठबन्धन भएको बताए ।

वाम गठबन्धनको चितवन जिल्ला निर्वाचन परिचालक कमिटी संयोजक अमिक शेरचनको अध्यक्षतामा भएको थियो । (रासस)