८ असार २०८२, आइतबार | Sun Jun 22 2025


झापामा १४१ उम्मेदवार, महिला ६ जना


0
Shares

प्रतिनिधिसभातर्फ ५७ जना र प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् ।

प्रतिनिधिसभातर्फ दुईजना तथा प्रदेशसभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् ।

प्रतिनिधिसभातर्फ सात तथा प्रदेशसभातर्फ ६ जना स्वतन्त्र उम्मेदवार प्रचार–प्रसारमा जुटेका छन् ।

प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी पवित्रा निरौला खरेल र क्षेत्र नम्बर–३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार रहेका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ ‘ख’ मा राष्ट्रिय जनता पार्टी नेपालका रमा मेचे, क्षेत्र नम्बर–२ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नम्बर–३ ‘ख’ मा मंगोल नेसनल अर्गनाइजेसनका सत्यकला नेम्वाङ तथा क्षेत्र नम्बर–५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधिसभातर्फ क्षेत्र नम्बर–३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नम्बर–४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नम्बर–५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन् ।

प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर–४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नम्बर–५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा सातजना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नम्बर–५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ र ‘ख’ मा ८/८ जना, क्षेत्र नम्बर–३ को ‘क’ र ‘ख’ मा ७/७ जना, क्षेत्र नम्बर–४ को ‘क’ मा ६ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नम्बर–५ को ‘क’ मा १२ तथा ‘ख’ मा ९ जना उम्मेदवार रहेका छन् । रासस