३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


जबराको नाम प्रधानन्यायाशीधमा अनुमोदन, आजै शपथको तयारी


0
Shares

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम प्रधानन्यायाशीधमा अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले जबराको नाम प्रधानन्यायाधीशमा अनुमादन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आजै प्रधानन्यायाधीशको शपथ गराउने तयारी गरिएको छ ।

गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइका क्रममा संघीय संसदका कर्मचारीहरूले आन्दोलन गरेपछि सुनुवाइ प्रभावित भएकाले समितिको बैठक आज बिहान फेरि बसेको थियो ।

जबराले आज सांसदहरूले गरेका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जबराले अदालतमा देखिएको भ्रष्टाचारमा आफ्नो शून्यसहशीलता रहने बताएका थिए ।

उनले अदालतमा विचौलियाको प्रभावलाई अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

जबराविरुद्ध ९ वटा उजुरी परेका छन् । सुनुवाइका क्रममा राणाले आफुविरुद्ध लागेका आरोपको प्रतिवाद गरेका थिए ।